इजरायलमा मृत्यु भएका ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त

इजरायलमा मृत्यु भएका ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त

काठमाडौं : लडाकू समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली मध्ये ५ जनाको शव नेपाली दूतावासले प्राप्त गरेको छ।

इजरायल स्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आइतबार ५ जना नेपालीको शव प्राप्त भएको जनाएको हो।

दूतावासका अनुसार लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, नारायणप्रसाद न्यौपाने, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ।

दूतावास​​​​​​​ले अरू ५ जनाको शव पनि प्राप्त हुने क्रममा रहेको जनाएको छ। साथै प्राप्त ५ जनाको शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

साथै इजरायलमा बेपत्ता रहेका विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ।

असोज २९, २०८० सोमबार ०७:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।