इंग्ल्यान्डलाई क्रिकेट इतिहासमै पहिलो पटक हरायो अफगानिस्तानले

इंग्ल्यान्डलाई क्रिकेट इतिहासमै पहिलो पटक हरायो अफगानिस्तानले

एजेन्सी : अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक इंग्ल्यान्डलाई पराजित गरेको छ। भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले हराउँदै इतिहास रच्यो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अन्तिम एक बल खेल्नु अगाडि अलआउट हुँदै २ सय ८४ जोडेको थियो।

जसका लागि ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक अविजित ८० रनको योगदान दिए।

यसपछि जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड अफगानिस्तानको स्पिन बलिङ सामु फस्यो र ४०.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाउँदा अन्य कुनै पनि ब्याटर जम्न सकेनन्। अफगानिस्तानको जितमा मुजिबुर रहेमान र राशिद खानले ३/३ विकेट लिएका थिए।

जारी विश्वकपमा इंग्ल्यान्डको यो दोस्रो हार हो भने अफगानिस्तानको पहिलो जित।

असोज २९, २०८० सोमबार ०७:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।