१३ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

१३ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

काठमाडौं : यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। हिजो (आइतबार) अर्थात् असोज २८ गतेदेखि मनसुन नेपालबाट बाहिरिएको हो।

गत जेठ ३१ गते नेपाल भित्रिएको यस वर्षको मनसुन करिब १२४ दिन नेपालमा रहेर बाहिरिएको हो। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबार २ भए पनि यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ। 

मनसुन बाहिरिए पनि हाल देशभर आंशिकदेखी  सामान्य बदली रहेको र केही स्थानमा भने वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

असोज २९, २०८० सोमबार ०७:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।