कान्तिपुरका एमडी सम्भवसँगको प्रेम सम्बन्ध सार्वजनिक गर्दै शृङ्खलाले लेखिन्' नमस्ते, हामी हौँ सम्भव र शृङ्खला

कान्तिपुरका एमडी सम्भवसँगको प्रेम सम्बन्ध सार्वजनिक गर्दै शृङ्खलाले लेखिन्' नमस्ते, हामी हौँ सम्भव र शृङ्खला

काठमाडौँ : इन्स्टाग्राममा लामो प्रेमिल भावना र तस्बिरहरूसहित पूर्व मिस नेपाल शृङ्खला खतिवडाले कान्तिपुर पब्लिकेशन प्रालीका एमडी सम्भव सिरोहियासँगको आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी छिन्।

इन्टाग्राममा लामो सन्देश पोस्ट गर्दै उनले ज्यादै अन्तर्मुखी स्वभावका दुवै जनाका लागि आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्नु निकै कठिन काम भए पनि सार्वजनिक गर्नुपर्ने समय आएको उल्लेख गरेकी छिन्।

सम्भव र शृङ्खलाबिचको प्रेम सम्बन्धबारे उनीहरूले औपचारिकरुपमा केही नबोले पनि गसिपको रूपमा छाएको भने एक वर्ष बढी भइसक्यो। सिसन बानियासँगको सम्बन्ध टुटेसँगै सम्भवसँगको उनको प्रेम सम्बन्ध खासखुस फैलिरहेको थियो। त्यसलाई आइतबार उनी आफैँले सार्वजनिक गरिन्।

सम्भव हालै कान्तिपुर पब्लिकेशन प्रालीको एमडी नियुक्त भएका थिए। शृङ्खला पूर्व मिस नेपाल त भइन् नै उनी एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी समेत हुन्।

उनले इन्टाग्राममा प्रेमको परिभाषा लामो समयदेखि खोजेको तर नभेटेको लेख्दै जब सम्भवसँग भेट भयो त्यसपछि प्रेम किताबमा लेखेजस्तै, फिल्ममा देखाएजस्तै रोमान्टिक भएको अनुभव गरेको लेखेकी छिन्।

उनको भावना यस्तो छ :

पछिल्लो वर्ष तिम्रो साथमा मैले कस्तो अनुभव गरेँ त्यो व्यक्त गर्न म असफल भइरहेको छु। 'असफल' किनकि तिमीसँग साथमा हुँदा मैले जे अनुभव गर्छु त्यो व्यक्त गर्दा मैले न्याय गर्न सक्दिन।

म आफ्नो पुरै जीवनमा एक निराशाजनक रोमान्टिक व्यक्ति भएँ। मेरो व्यक्तिगत डायरीमा प्रेम के हो भन्ने प्रश्नको उत्र दिन मसँग कमसेकम २० अलग-अलग विवरण छ।

अहिले मलाई यस्तो लाग्दैछ कि जबसम्म तिमिसँग भेट भएन त्यो बेलासम्म मलाई यसको अर्थ थाहै थिएन। फिल्म, गीत अनि किताबमा देखाए जस्तै हो यो। हरेक फूल तिम्रो लागि फुल्छ भनेजस्तै हो यो। हरेक प्रेम गीत तिम्रो लागि लेखिन्छ। सबै नदी तिम्रो लागि बग्छ।

गत वर्ष यसमा नियन्त्रण पाउन निकै कठिन भइरहेको थियो। म आफ्नो भर्चुअल परिवारसँग आफ्नो प्रेम सार्वजनिक गरेर निकै खुसी छु।

नमस्ते!

हामी हौँ सम्भव र शृङ्खला। अनि आफ्नो प्रेम सार्वजनिक गर्नका लागि दुई अति अन्तर्मुखी व्यक्तिलाई धेरै साहस चाहिन्छ। तर यो यही साझा गर्ने सही समय हो।

असोज २९, २०८० सोमबार ००:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।