दशैँको मुखमा पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ : आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो।
निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घटाएको छ। नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ र डिजलको प्रतिलिटर मूल्य १ सय ६८ रुपैयाँ पुगेको छ।
एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। हरेक १५ दिनमा स्वचालित मूल्य प्रणालीबाट इन्धनको मूल्य निर्धारण हुने गरेको छ।
असोज २८, २०८० आइतबार २०:४१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।