युनिभर्सल मेडिकल कलेजमा वार्ता नभएपछि प्रिन्सिपललाई प्रहरीले भगायो, विद्यार्थीले ओपिडी बन्द गराए

युनिभर्सल मेडिकल कलेजमा वार्ता नभएपछि प्रिन्सिपललाई प्रहरीले भगायो, विद्यार्थीले ओपिडी बन्द गराए

बुटवल : रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ।

आइतबार आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाइएको भए पनि विषयमा प्रवेश नै भएन। प्रिन्सिपल पाठकलाई प्रहरीले भगाएको थियो। ड्रेस कोडको विषयमा डा पाठकले विद्यार्थीको कुरा नसुनेपछि उनी एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ कलेजमै थिइन।

डा पाठकलाई आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको ठुलो सुरक्षा टोली पुगेर उद्धार गरेर कलेजबाहिर निकालेका थिए।  दिनभर वार्ता गरे पनि कुनै समाधानको उपाय ननिस्किएपछि प्रिन्सिपललाई कलेजबाट निकालिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

आन्दोलनरत विद्यार्थीहरूले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी पाठकको राजीनामा माग गर्दै आएका छन्। उनले नियुक्त भएसँगै सबै विद्यार्थीहरूलाई ड्रेसकोड अनिवार्य बनाएपछि विद्यार्थीहरू आक्रोशित भएका थिए।

आइतबार आफूहरूमाथि धरपकड भएको भन्दै विद्यार्थीहरूले अस्पतालको ओपिडीसमेत बन्द गराए।

असोज २८, २०८० आइतबार २०:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।