धादिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

धादिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते


काठमाडौं : धादिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। 

धादिङबेँशीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना-२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मिश्रका अनुसार दुर्घटनामा २ बालकसहित ५ जना घाइते भएका छन्। 

घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

असोज २८, २०८० आइतबार १७:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।