कोशीमा सहमतिको सरकार बन्ने नवनियुक्त मुख्यमन्त्री कार्कीको दाबी

कोशीमा सहमतिको सरकार बन्ने नवनियुक्त मुख्यमन्त्री कार्कीको दाबी
फाईल फोटो

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने दाबी गरेका छन्। 

आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा राजनीति संकट टरेको भन्दै सहमतिको सरकार बन्ने दाबी गरे।

‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ। अब सहमतिको सरकार बन्छ।’ उनले भने। 

मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन्।

आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सांसद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा देखिएको संकट पनि हल भएको प्रतिक्रिया दिएका छन्।

असोज २८, २०८० आइतबार १७:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।