कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ
विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
संविधानको धारा १६८(५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतवार प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए।
कार्कीले दुईजना मन्त्री समेत नियुक्त गरेका छन्। नेपाली काँग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरिएको छ।
दुवैजनालाई बिनाविभागीय मन्त्री तोकिएको छ। उनीहरूले पनि आजै शपथ लिएका छन्।
काँग्रेस नेता कार्की एमालेका ३९ र काँग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
असोज २८, २०८० आइतबार १६:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।