डा. ज्ञानेश्वर सिंह मृत्यु प्रकरणमा काउन्सिलबाट ‘वार्निङ्ग’ पाएकी पाठक विद्यार्थीसंग पैठेजोरी खेल्दै
बुटवल : घाँटीमा हड्डी अड्किएर उपचारका क्रममा मृत्यु भएका डा. ज्ञानेश्वर सिंह मृत्यु प्रकरणमा मेडिकल काउन्सिलबाट ‘वार्निङ्ग’ पाएकी डा. लक्ष्मी पाठक अहिले विद्यार्थीसंग पैठेजोरी खेल्दै छन्।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकलाई नेपाल मेडिकल काउन्सिले २०७७ असोज १ गते ‘सचेत गराइएको’ पत्र काट्दै पुर्व स्वीकृत नलिइ विरामीको उपचार गरिरहेको भिडियोहरु सामाजिक सञ्जालमा राखेको भन्दै पुनः कमी-कमजोरी देखिएमा गम्भिर प्रकृतिको कारबाही गर्ने बताएको थियो। उनै डा. लक्ष्मी पाठक अहिले त्यहाँ अध्यानरत विद्यार्थीसंग ‘वारपार’ को स्थितीमा छन्।
ड्रेस कोडको बारेमा विद्यार्थीसंग भएको विवादकै कारण अहिले उनको राजिनामा विद्यार्थीहरुले पहिलो सर्त बनाइरहेका छन्। तर विद्यार्थीसंग कुनै पनि हालतमा नझुक्ने बताउँदै आएकी डा. पाठकले आफुलाइ विद्यार्थीहरुले बन्धक बनाएको बताएकी छन्।
‘विद्यार्थीहरुमा ड्रेस कोडको विषयमा सूचना जारी भएपछि हामीले प्रिन्सीपललाई सर्टमा गोजी राखिदिनु पर्छ भन्ने विषय उठायौँ तर डा. पाठकले हाम्रो कुरा सुन्नुभएन। विवादको विषय यहिबाट सुरु भएको हो’ एक विद्यार्थीले भने।
विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न तत्परता नदेखाएपछि गत सोमबार बिहान साढे ९ बजे देखि डा. पाठकलाई विद्यार्थीहरुले कार्यकक्षबाट बाहिर निसक्न दिएका छैनन्।
युसिएमएसका सूचना अधिकारी सुसिल शुसिल गुरुङले डा. पाठकलाई विद्यार्थीहरुले कार्यकक्षबाट बाहिर निस्कन नदिएको बताए। उनलाई त्यहि कार्यरत कर्मचारीहरुले खाना लगिदिने गरेकाे गुरुङले बताए।
विद्यार्थीले सामान्य ड्रेस कोडको विषयमा गुनासा राख्दा ‘अपशव्द’ प्रयोग समेत गरेपछि विद्यार्थीहरुले थप चर्काएका छन्।
‘ड्रेसकाे विषयमा कुरा राख्न जाँदा ईन्टनसिप रोक्ने धम्की उँहाले दिनुभयो। हाम्रो मागको कुनै सुनुवाइ भएन’ एक विद्यार्थीले भने। डा. पाठकले विद्यार्थीहरुलाई भविष्य नै अन्धकार बनाईदिने धम्की दिएको भन्दै उनीहरुले पाठकले राजिनामा दिनुपर्ने पहिलो सर्त राखेका छन्।
एक विज्ञप्ती जारी गर्दै युसिएमएसमा चौथो बर्ष एमविविएसमा अध्यायनर छात्र छात्राहरुलाई १ बर्षका लागि लागु हुने गरी ड्रेस कोर्ड लागु गर्दा पहिलेबाट धेरै आर्थिक लगानी रहेको पढाईमा अझ आर्थिक भार थपिने निश्चित रहेको र सो निर्णयलाई परिमार्जन गर्न अनुरोध गर्दा क्याविनबाट बाहिरिन बाध्य बनाएको बताएका छन्।
गर्मी समयमा छात्राहरुले सर्ट पाइन्ट लगाउँदा रज्वसला हुँदा झनै अप्ठयारो हुने भएकाले छात्रालाई सर्ट पाइन्टको सट्टा कुर्ता सुरुवाल राख्न अनुरोध गर्दा पनि डा. पाठकले नमानेको विद्यार्थीहरुको भनाई छ।
ड्रेस कोर्डको निर्णय लागु नगरी यथास्थितीमा राख्नुपर्ने, अन्तिम बर्षको कक्षा निरन्तर यधासिघ्र सञ्चालन गर्नुपर्ने लगायतका मागहरु विद्यार्थीले अघि सारेका छन्।
विद्यार्थीहरुको माग प्रति आफुहरु जिम्मेवार रहेको भएपनि वार्ताको माध्यमबाट समधान गर्न आफुले विद्यार्थीहरुलाई आग्रह गरेको बताए।
डा. पाठकले भने विद्यार्थीहरुले आफुलाई बाहिर निस्कन नदेइ भित्रै राखेको बताएकी छन्।
असोज २८, २०८० आइतबार १५:००:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।