सर्वोच्चमा दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

सर्वोच्चमा दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतमा दशैंअवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। 

सर्वोच्चले आइतबार एक सुचना जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाएको छ। 

यसकाल लागि सर्वोच्चले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकेको छ। 

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम विजया दशमी र त्यो अवधिमा पर्ने शनिबार दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेत सार्वजनिक गरेको छ।

असोज २८, २०८० आइतबार १४:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।