पृथ्वीराजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’को नयाँ पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’को नयाँ पुल निर्माण हुने

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ। मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो। 

मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो। मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ।

सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो।

उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन–पोखरा सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उक्त पुल निर्माणका लागि रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको पाण्डेले बताए।

असोज २८, २०८० आइतबार १२:५८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।