हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

काठमाडौं : नवरात्रको पहिलो दिन आज घटस्थापनाको अवसरमा घर-घरमा दशैंको जमरा राखिएको छ। 

दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घर-घरमा जमरा राख्ने प्रचलन अनुसार काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा रहेको दसैंघरमा जमरा खाखिएको हो।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ। 

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतिकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा रहि आएको छ।  

असोज २८, २०८० आइतबार १२:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।