‘महाराजधिराज’ बनाउने घोषणा

‘महाराजधिराज’ बनाउने घोषणा

काठमाडौं : निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। घटस्थापनाको अवसर पारेर उनले फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरेका हुन्।

परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट रहेका छन्। यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका विष्ट दोस्रो फिल्ममा प्रस्तुतकर्ताका रुपमा आउने भएका हुन्।

उनको फिल्म ‘बुलाकी’ले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत हात पारेको थियो। 

टोपेन्द्र विष्टको लगानीमा तयार हुने फिल्म रोमान्टिक तथा सामाजिक कथामा निर्माण हुनेछ भने फिल्म २०८१ सालको तिहारमा रिलिज गरिने लक्ष्य राखिएको छ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको हो। निर्माण पक्षले फिल्म घोषणा गरे पनि फिल्मका लागि कलाकार भने छनोट गरेको छैन। 

गत वर्ष परिच्छेदले फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। उनी सह–निर्देशकको रूपमा काम गर्दै फिल्म ‘प्रेमगञ्ज’बाट निर्देशकका रुपमा उदाएका हुन्।

असोज २८, २०८० आइतबार १२:३९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।