अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प, जनजीवन अस्तव्यस्त

अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प, जनजीवन अस्तव्यस्त

एजेन्सी : अफगानिस्तानमा आइतबार फेरि ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ। 

६ दशमलव ३ रेक्टर स्केलको दुई वटा भूकम्प गएको १ हप्ता नवित्दै पुनः भूकम्प गएको हो। 

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण आउन बाँकी छ। गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको मृत्यु भएको थियो। 

लगातार जसो गइरहको भूकम्पका कारण अफगानिस्तानको जनजीवन अस्तव्यस्त भएको छ।  विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावितका बसोबास र उपचार सेवालाई लिएर चिन्ता व्यक्त गरेको छ। 

भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

असोज २८, २०८० आइतबार १२:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।