नारायणगढ-मुग्लिन सडकखण्डमा स्कुटर आफैं पल्टिंदा चालकको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा स्कुटर आफैं पल्टिंदा चालकको मृत्यु

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बा प्र०२०४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो।

आइतबार बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्तकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

असोज २८, २०८० आइतबार १२:०६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।