ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ।

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन जना सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ। 

यो प्रतियोगितामा सहभागी हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ। 

असोज २८, २०८० आइतबार १०:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।