आज मौसम सामान्यतया सफा रहने, पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

आज मौसम सामान्यतया सफा रहने, पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

असोज २८, २०८० आइतबार ०७:५९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।