यू-१९ प्रिमियर कप : नेपाल बहराइनविरुद्ध पहिले बलिङ गर्दै
काठमाडौं : नेपाल यू-१९ प्रिमियर कप क्रिकेटमा आज बहराइनसँग खेल्दैछ। मलेसियामा जारी खेलमा टस हारेको नेपालले पहिले बलिङ गर्दैछ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो।
१६ टिम सहभागी यस प्रतियोगितामा नेपालले समूह चरणमा अब साउदी अरेबियासँग भिडन्त गर्नेछ।
चार समूहबाट शीर्ष एक/एक टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् भने प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष हुने यू-१९ एसिया कप खेल्न पाउनेछन्।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन्।
यू-१९ विश्वकपका लागि पनि छनोट भइसकेको नेपाललाई यो प्रतियोगिताको उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ।
असोज २८, २०८० आइतबार ०७:५०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।