उकेरा टप फाइभ : कोशीको सत्ताशक्तिमा शेखरको जितदेखि डा. शरदको उपचार अनुभवसम्म

उकेरा टप फाइभ : कोशीको सत्ताशक्तिमा शेखरको जितदेखि डा. शरदको उपचार अनुभवसम्म

काठमाडौं : शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भए। पार्टीको निर्णयविरुद्ध विद्रोह गरेका उनलाई एमाले सांसदहरुले साथ दिए। उनलाई एमालेका ३९ सांसदले साथ दिँदा कांग्रेसका आठ सांसद उनको पक्षमा छन्।

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटनामा पर्यो। यात्रु नभएको हेलिकप्टर रुम्जाटारबाट लोबुचेका लागि उडेको हो। ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भए पनि पाइलट भने सुरक्षित छन्।

अब लागौं उकेरा टप फाइभतर्फः
शनिबार बिहान भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले १० बुँदे स्पष्टिकरण जिल्ला प्रशासन कार्यालयलाई बुझाएको समाचार लेख्यो।
पूरा समाचारः भैरहवा विमानस्थल जग्गा प्रकरणः अख्तियार र प्रशासनको छुट्टाछुट्टै अनुसन्धान, १० प्रश्नको उत्तर प्रशासनमा पुग्यो

दिउँसो उकेराले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि केन्द्रमा उनको प्रभाव बढ्नेबारेको टिप्पणी लेख्यो। जसमा उनले सभापति सभापति देउवासँगै महामन्त्री गगन थापालाई समेत झट्का लागेको प्रसङ्ग उल्लेख छ।
पूरा समाचारः कोशीमा सफल विद्रोहबाट सत्ताशक्तिमा फर्किए शेखर, देउवा–गगन दुवैलाई झट्का

साँझमा उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरको सुख–दुःख प्रकाशित गर्यो। जसमा वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. शरद पोख्रेलको उपचार अनुभव प्रस्तुत गर्यो।
पूरा समाचारः डा. शरदको उपचार अनुभवः आमाको गर्भमै रहेको बच्चाको पेटभित्र मृत बच्चा, जन्मिएको २४ वर्षपछि दुर्लभ शल्यक्रिया

यस्तै उकेराले नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको समाचार लेख्यो। तर, दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि मनाङ एयरसँग अहिले कुनै पनि हेलिकप्टर नै बाँकी छैन।
पूरा समाचारः दुर्घटनामा परेर हेलिकप्टर नै सकिएको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

राति उकेराले काठमाडौंको गैह्रीगाउँको काठमिलमा भएको चार जनाको हत्याका आरोपीको डरलाग्दो बयानबारे समाचार लेख्यो। समाचारमा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा समेटिएको उनको बयान प्रस्तुत गरिएको छ।
पूरा समाचार: चार जनाको क्रुर हत्याका आरोपीको डरलाग्दो बयान: पाँचौंको हत्या गर्न नपाएको पश्चाताप छ

असोज २७, २०८० शनिबार २२:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।