विश्वकप क्रिकेटमा भारतको तेस्रो जित, पुग्यो शीर्ष स्थानमा

विश्वकप क्रिकेटमा भारतको तेस्रो जित, पुग्यो शीर्ष स्थानमा

काठमाडौं : जारी आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले प्रतियोगिताको तेस्रो जित निकालेको छ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि रोहित शर्मा र श्रेयस अ्यसले अर्धशतकीय पारी खेले।

शर्माले ८६ रन बनाएर आउट हुँदा अय्यर ५३ रन बनाएर नटआउट रहे। विराट कोहली र शुमभन गिल समान १६–१६ रनमा आउट हुँदा केएल राहुलले नटआउट १९ रन जोडे।

पाकिस्तानका शाहिन शाह अफरिदीले दुई तथा हसन अलीले एक विकेट लिए।

त्यसअघि अहमदावादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रनको अर्धशतकी पारी खेले।
 
मोहम्मद रिजवान ४९, इमाम उल हक ३६, अब्दुल्लाह सफिकी २०, हसन अली १२ रन बनाएर आउट हुँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई–दुई विकेट लिए।

जितसँगै भारत तीन खेलमा ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदा पाकिस्तान चार अंकसहित चौथो स्थानमा छ।

असोज २७, २०८० शनिबार २१:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।