पाकिस्तानमा बन्दुकधारीद्वारा छ निर्माण मजदुरको हत्या

पाकिस्तानमा बन्दुकधारीद्वारा छ निर्माण मजदुरको हत्या

एजेन्सी : पाकिस्तानको अशान्त दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा बन्दुकधारीहरूले छ जना निर्माण मजदुरको हत्या गरेका छन्।

बन्दुकधारीहरूले रातको समयमा मजदुरहरूको गोलीहानी हत्या गरेको पाकिस्तानी प्रहरीले जनाएको छ।

प्रान्तको राजधानी क्वेटाबाट करिब तीन सय ७७ माइल दक्षिण पश्चिममा पर्ने तुर्बात सहरमा बन्दुकधारीले आठ जना निर्माण मजदुरमाथि गोली चलाएको प्रहरी अधिकारी हिदायातुल्लाह दास्तीले जानकारी बताए।

उनका अनुसार घाइते दुई जनालाई अस्पताल पुर्याइएको छ।

अधिकारीका अनुसार मजदुरहरू शहरको निजी निवास निर्माण परियोजनामा संलग्न रहेका थिए। आक्रमणको तत्काल कुनै समूहले पनि जिम्मा नलिएको पनि उनले बताए।

करिब दुई दशकदेखि केन्द्र सरकारबाट बलुचिस्तान लिबरेसन आर्मी र अन्य पृथकतावादी समूहहरूले स्वतन्त्रताको माग गरेसँगै बलुचिस्तान निम्नस्तरीय विद्रोह स्थल भएको छ।

बलुचहरूले प्राय पञ्जाबका मानिसहरूलाई पनि निशाना बनाउँछन्। यसअघि पञ्जाबी र सिन्धीहरू मजदुरहरू निशानमा पर्थे।

असोज २७, २०८० शनिबार १७:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।