भारतसामु पाकिस्तानी टोली १९१ रनमै अलआउट
काठमाडौं : भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत शनिबारको घरेलु टोलीविरुद्धको खेलमा पाकिस्तान १९१ रनमा अलआउट भएको छ।
गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तान ४२.५ ओभरमा अल आउट भयो।
उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रनको अर्धशतकी पारी खेले।
मोहम्मद रिजवान ४९, इमाम उल हक ३६, अब्दुल्लाह सफिकी २०, हसन अली १२ रन बनाएर आउट हुँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिए।
भारतले अब जितका लागि १९२ रनको लक्ष्य पाएको छ। उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
भारत र पाकिस्तान दुवैले यसअघि खेलेका दुई-दुई खेलमा जित निकालेका छन्।
असोज २७, २०८० शनिबार १७:३९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।