हमास आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारेको इजरायलको दाबी

हमास आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारेको इजरायलको दाबी

एजेन्सी : इजरायली वायुसेनाले गत शनिबार इजरायलमा आक्रमणको नेतृत्व गर्ने हमासी कमाण्डर अली कादीलाई मारेको जनाएको छ।

गुप्तचर एजेन्सीहरूको प्रयासपछि अली कादीको ड्रोन आक्रमणमा मृत्यु भएको इजरायली सेनाले बताएको हो।

यसैबीच, प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको संख्या २,२१५ पुगेको जनाएको छ। घाइतेको संख्या अहिले ८ हजार ७ सय १४ पुगेको छ।

वेस्ट बैंकमा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय घाइते भएका छन्।

त्यसैगरी, इजरायल र इजिप्टले अमेरिकी नागरिकले रफाह सिमाना हुँदै गाजा छोड्न सक्ने बताएका छन्।

इजरायल र इजिप्टका सरकारले शनिबार स्थानीय समय अनुसार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म रफाह नाका खुला रहने बताएको छ।

यद्यपि, गाजा नियन्त्रण गर्ने हमासले अमेरिकी नागरिकहरूलाई उक्त क्षेत्र छोड्ने वा नदिने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

असोज २७, २०८० शनिबार १६:३५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।