ग्लोबल वार्मिङले बियरको स्वाद बिगार्ने वैज्ञानिकहरूको चेतावनी

ग्लोबल वार्मिङले बियरको स्वाद बिगार्ने वैज्ञानिकहरूको चेतावनी
मद्यपान स्वास्थ्यका लागि हानिकारक छ।

एजेन्सी : ग्लोबल वार्मिङका कारण बियरको स्वाद बिग्रँदै गइरहेको भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

हालैको अनुसन्धानले बियरलाई तीतो स्वाद दिने युरोपेली हप्स (फूल)को उत्पादन घट्दै गएपछि यसको स्वादमा परिवर्तन भइरहेको जनाएको हो।

उक्त अनुसन्धानले अधिक गर्मीको समय लम्बिँदै जाँदा यसले बियरलाई महंगो बनाउने समेत देखाएको छ। अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले युरोपेली हप्स खेती गर्नेहरूलाई विभिन्न प्रविधि अपनाउन सल्लाह दिएका छन्।

बियर युरोपेली संस्कृति को एक महत्वपूर्ण भाग हो। बियर बनाउँदा तीतोपनको लागि हप्सलाई उमाल्नुअघि नै कच्चा पदार्थमा मिलाइन्छ।

यस अध्ययनले सन् १९७१ देखि १९९४ र १९९५ देखि १९९८ को बीचमा सुगन्धित हप्सको औसत उपज कति परिवर्तन भएको देखाएको छ।

यस अवधिमा यसको उत्पादन २० प्रतिशतले घटेको र कोरोना महामारीका बीच सन् २०२० मा बियरको मूल्य १३ प्रतिशतले बढेको उल्लेख छ।

रुस–युक्रेन संकटपछि ग्यास र अन्य इन्धनको मूल्य बढेपछि बियर पनि महंगो भएको छ।

असोज २७, २०८० शनिबार १६:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।