दुर्घटनामा परेर हेलिकप्टर नै सकिएको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

दुर्घटनामा परेर हेलिकप्टर नै सकिएको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ।

प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ।

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो।

हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७:१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो।

यस्तै प्राधिकरणले शनिबार विहानको दुर्घटनाको छानविन गर्न चार सदस्यी छानविन समितिसमेत गठन गरेको छ।

तर, मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन।

असोज २७, २०८० शनिबार १६:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।