इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु?

इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु?

एजेन्सी : गत हप्ता इजरायलमा हमासले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ।

समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ।

आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ।

एएफपीका अनुसार उक्त आक्रमणमा अमेरिकाका २७, थाइल्याण्डका २४, फ्रान्सका १५, नेपालका १० जनाको मृत्यु भएको छ।

यस्तै, अर्जेन्टिना र युक्रेनका ७-७ जना, रूस, बेलायत र चिलीका ४-४ जना, अस्ट्रिया, बेलारुस, फिलिपिन्स र ब्राजिलका ३-३ जनाको मृत्यु भएको छ।

त्यसैगरी पेरु र रोमानियाका २-२ जनाको मृत्यु हुँदा अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वेका एक-एक जनाको मृत्यु भएको छ।

हमासले जर्मनी र मेक्सिकोका धेरै मानिसहरूलाई बन्धक बनाएको छ भने इटाली, पाराग्वे, श्रीलंका, तान्जानियाका धेरै जना बेपत्ता छन्।

असोज २७, २०८० शनिबार १४:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।