केदार कार्की कोशीमा गठबन्धनको साझा मुख्यमन्त्री हुन् : प्रचण्ड

केदार कार्की कोशीमा गठबन्धनको साझा मुख्यमन्त्री हुन् : प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए। ‘कोशीको समस्या समाधान गरिएको छ। अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,’ उनले भने।

शनिबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका नेता शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रचण्डले भने, ‘हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं। अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो।’

कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने कुरामा उनले भने, ‘सम्भावना हुन सक्छ। तर अहिले नै हुन्छ भन्न सकिँदैन। गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ।’

असोज २७, २०८० शनिबार १३:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।