सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ बैंकको असोज २४ गते बसेको संचालक समितिको ४१८औं बैठकले आ.व. २०७९/८० का लागि शेयरधनीहरूलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् वितरण गरिनेछ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा रु ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ। यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २६ करोड अर्थात् ९.११५ को वृद्धि हो। यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु ६६ करोड कायम रहन आएको छ।

खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो।

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरूलाई नै वितरण गरिने जनाइएको छ। 

२०८० असार मसान्तमा बैंकको चुक्ता पुजि रु. १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष रु. ११ अर्ब २२ करोड रहेको छ।

बैंकको नेटवर्थ रु. २५ अर्ब ३१ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. ३ अर्ब ७१ करोड ले वृद्धि भएको छ। बैंकले यस आर्थिक वर्षमा रु. ५९ करोड नगद लाभांश वितरण गरे पश्चात् पनि बैंकको नेटवर्थमा अघिल्लो आ.व. भन्दा १४.४३५ ले वृद्धि हुने देखिन्छ।

असोज २७, २०८० शनिबार १३:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।