नेपालमा ओमोडा ५ ईभी लन्चको तयारीमा चेरी इन्टरनेशनल

नेपालमा ओमोडा ५ ईभी लन्चको तयारीमा चेरी इन्टरनेशनल

काठमाडौं : चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५ ईभी लन्चको लागि तयारी गरेको छ।

यस विद्युतीय गाडीको लन्चको तयारीका लागि ओमोडाको चिनियाँ टोलीले शुक्रबार अनलाइन लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गर्यो।

ओमोडा ५ ईभी आधुनिक डिजाइनमा बनेको गाडी हो जसलाई ‘लाइट अफ मुभमेन्ट’को नाम दिइएको छ।

यस गाडीको मुख्य विशेषताहरू मध्ये एक स्मार्ट र हल्का ब्याट्री हो। जसले ब्याट्रीको आयु बढाउने र भीटूएल प्रविधिले उच्च माइलेज दिने बताइएको छ।

ओमोडा ५ ईभी दुईवटा ब्याट्री विकल्पहरूमा उपलब्ध हुनेछ।

असोज २७, २०८० शनिबार १३:०४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।