बागलुङमा गोठमा भएको आगलागीले एक जनाको ज्यान लियो

बागलुङमा गोठमा भएको आगलागीले एक जनाको ज्यान लियो
सांकेतिक तस्बिर

बागलुङ : बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ। गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो। मृत्तकको सनाखत हुन सकेको छैन। 

गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो। आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

असोज २७, २०८० शनिबार १२:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।