नेपालका पत्रकार स्वरूपले पाए तीन हजार अमेरिकी डलरको फेलोसिप

नेपालका पत्रकार स्वरूपले पाए तीन हजार अमेरिकी डलरको फेलोसिप

काठमाडौं : नेपालका पत्रकार स्वरूप आचार्यले नेशनल प्रेस फाउन्डेसनको दुर्लभ रोगसम्बन्धी रिपोर्टिङको फेलोसिप पाएका छन्।

अमेरिकी संस्था नेशनल प्रेसले विश्वका २५ पत्रकार छान्दा नेपालबाट आचार्य पनि छानिएका हुन्। फेलोसिप रकम तीन हजार अमेरिकी डलर रहेको छ। 

सो रकम दुर्लभ रोगका विरामी, उनीहरूको उपचार, परीक्षण तथा औषधी सम्बन्धी रिपोर्टिङका खर्च गर्नुपर्नेछ। ‘यो साता’, ‘शुक्रबार’, ‘नागरिक दैनिक’ हुँदै आचार्य हाल कान्तिपुर पब्लिकेसन्समा कार्यरत छन्।

आचार्यले यस अगाडि बालबालिकामा हुने ब्लड क्यान्सर, ब्लड क्यान्सरमा आवश्यक पर्ने औषधीबारे खोजमुलक समाचार लेखेका थिए।

फेलोसिपका लागि बालबालिकामा जन्मजात हुने रोग प्रतिरोधात्मक डिसअर्डर बारे रिपोर्टिङ प्रस्ताव गरेको आचार्यले बताए। 

‘बालबालिकामा जन्मजात रोग प्रतिरोधात्मक क्षमता नहुने समस्या हुने गरेका छन्,‘ उनले उकेरासँग भने, ‘त्यसबारे नेपालमा रिपोर्टिङ भइराखेको थिएन। त्यसै विषयमा रिपोर्टिङ गर्नेछु।’

उनले गर्ने रिपोर्टिङ नेपालमा प्रकाशित हुनेछ। साथै फेलोसिप प्रदान गर्ने संस्थाले फेलोसिप पाएका २५ जना पत्रकारको स्टोरी संकलन गरेर पुस्तक प्रकाशन गर्नेछ।

असोज २७, २०८० शनिबार १२:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।