प्रचण्ड, देउवा र शेखर कोइरालाबीच छलफल, सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

प्रचण्ड, देउवा र शेखर कोइरालाबीच छलफल, सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच आज (शनिबार) बिहान छलफल भएको छ।

छलफलमा सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति भएको बताइएको छ।

कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको हो।

छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमति भएको छ। साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूको वर्तमान संयुक्त गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ।

असोज २७, २०८० शनिबार १२:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।