केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं : केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत ल्याउँदै उनी मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीका लागि कार्कीको पक्षमा ४७ जना सांसद्ले हस्ताक्षर गर्दा उनी बहुमतसहित मुख्यमन्त्री नियुक्त भए।

यसअघिका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए।

यसपछि प्रदेश प्रमुखले सरकार गठनको आव्हान गरेका थिए भने कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दावी पेस गरेका थिए। उनी कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

असोज २७, २०८० शनिबार १०:१९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।