विश्वकपमा आज भारत-पाकिस्तान भिडन्त, कसले मार्ला बाजी?

विश्वकपमा आज भारत-पाकिस्तान भिडन्त, कसले मार्ला बाजी?

एजेन्सी : जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ।

यो खेल विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

दुई देशबीचको दुश्मनीका कारण भारत र पाकिस्तानबीचको हरेक खेललाई विश्व क्रिकेटकै सर्वाधिक ठूलो प्रतिस्पर्धाको रूपमा लिइन्छ।

हालसम्म विश्वकपमा यी दुईबीच ७ खेल भएकोमा सबै खेल भारतले जितेको छ। त्यसैले आज पाकिस्तान भारतलाई उसैको घरेलु मैदानमा हराउँदै इतिहास बनाउन चाहन्छ।

साथै गत महिना मात्र एसिया कपमा भोगेको हारको बदला लिने दाउमा पनि पाकिस्तान रहेको छ। भारतलेएसिया कपमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले हराएको थियो।

जारी विश्वकपका भने दुवै टिमले सुरुवाती दुई खेल जित्दै बलियो आत्मविश्वास बटुलेका छन्। भारतले पाँच पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो।

पाकिस्तानले भने नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। विशेषगरी दुवै टिमको ब्याटिङ लाइनअप निकै राम्रो भएकाले खेल रोमाञ्चक हुने अनुमान छ।

असोज २७, २०८० शनिबार ०९:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।