यात्रु नरहेको मनाङ एअरको हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

यात्रु नरहेको मनाङ एअरको हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

काठमाडौं : मनाङ एअरको हेलिकप्टर सोलखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेका अनुसार आज (शनिबार) बिहान रुम्जाटारबाट लोबुचेका लागि उडेको ९एन-एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको हो।

यात्रु लिनका लागि बिहान ७ः१३ बजे उडेको हेलिकप्टरमा अन्य यात्रु भने थिएनन्।

हेलिकप्टरका पाइलट प्रकाश सेढाइ सुरक्षित रहेको न्यौपानेले जानकारी दिएका छन्।

पाइलट सेढाइलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ।

असोज २७, २०८० शनिबार ०८:४५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।