आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

असोज २७, २०८० शनिबार ०७:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।