उकेरा टप फाइभ : कर्णालीमा वर्षेनी सयौं बालबालिका बेपत्तादेखि अन्तरलिङ्गी सन्तानका बुवाको अनुभवसम्म

उकेरा टप फाइभ : कर्णालीमा वर्षेनी सयौं बालबालिका बेपत्तादेखि अन्तरलिङ्गी सन्तानका बुवाको अनुभवसम्म

काठमाडौं : शुक्रबार पनि प्रतिनिधि सभाको बैठक बस्यो। बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखे। विशेष गरी सत्ता पक्षका सांसदहरूले इजरायलमा रहेका नागरिकको उद्धार गरेकोमा सरकारलाई धन्यवाद दिए भने प्रतिपक्षी दलका सांसदहरूले अन्य समयसामयिक विषय उठाए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम समयमा शुक्रबार साँझ पाँच बजेसम्म माओवादीका इन्द्र आङ्बो र एमालेका केदार कार्कीले दाबी आ-आफ्नो दाबी पस्तुत गरे। कांग्रेसका तर्फबाट आठ जना सांसदको हस्ताक्षरसहित एमालेले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि केन्द्रीय राजनीतिमा समेत हलचल मच्चियो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार बिहान कर्णाली प्रदेशमा बालबालिका बेपत्ता हुन थालेकोबारे समाचार लेख्यो। विगत सात महिनादेखि हराइरहेका तीन बालक अझैसम्म फेला नपरेको विषयलाई उठान गर्दै उकेराले वर्षेनी सयौं बालबालिका बेपत्ता हुने गरेको सन्दर्भ यहाँ प्रस्तुत गर्यो।
पूरा समाचारः सात महिनादेखि बेपत्ता ३ बालक अझै भेटिएनन्, बर्सेनि कहाँ जान्छन् कर्णालीका सयौं बालबालिका?

दिउँसो उकेराले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडक निर्माण सम्झौता भएको ८ वर्षसम्म पनि सम्पन्न नभएको समाचार लेख्यो। समाचारमा निर्माणलाई अलपत्र पारेपछि सरकारले निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको विषय उल्लेख छ।
पूरा समाचारः साढे तीन किलोमिटर सडक विस्तार आठ वर्षसम्म पनि सकिएन, ठेक्का तोड्ने तयारी

साँझपख उकेराले इजरायलले गाजाका नागरिकलाई दक्षिणतर्फ सर्न चेतावनी दिएपछि त्यहाँका थुप्रै मानिसहरू अहिले त्यसतर्फ गइरहेको समाचार तस्बिरसहित प्रकाशित गर्यो। इजरायली रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले उत्तरी गाजाबाट दक्षिणमा सर्नका लागि स्थानीयका लागि २४ घण्टाको समय दिएका थिए।
पूरा समाचारः इजरायलले २४ घण्टे अल्टिमेटम दिएपछि यसरी घर छाडेर निस्कँदैछन् गाजाबासी (तस्बिरहरू)

शुक्रबारको नियमित स्तम्भमा उकेराले मध्यमधार प्रस्तुत गर्यो। जसमा अन्तरलिङ्गी, उसको परिवार, डाक्टर र सरकारी तथ्याङ्कमा अन्तर्लिङ्गीको अवस्थाबारे विषय उल्लेख छ। परिवारले अन्तरलिङ्गी बालबालिबालाई स्वीकार्न गाह्रो भएको विषयलाई पनि यहाँ समेटिएको छ।
पूरा समाचारः मध्यमधारः चिकित्सकले हातमा बच्चा दिँदै ‘टु इन वान’ जन्मियो भनेपछि...

रातमा उकेराले केही समयदेखि रोकिएको कैलाश मानसरोवर यात्राको नवौं भाग प्रकाशित गर्यो। जसमा पंक्तिकारले दार्चेनबाट यमद्वारसम्म जाँदाको प्रसङ्ग समावेश गरेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा-९:  तीर्थमा हिँडेकालाई चोर्छन् भनेर कोठामा तौलिया नराखेको भन्दा मन खिन्न हुने नै भयो

असोज २६, २०८० शुक्रबार २२:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।