खुल्यो सार्वजनिक सवारीको रुट परमिट, ठूला सवारी काठमाडौं प्रवेशमा रोक

खुल्यो सार्वजनिक सवारीको रुट परमिट, ठूला सवारी काठमाडौं प्रवेशमा रोक

काठमाडौं : सरकारले दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो।

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्वाध रूपमा जान पाउने भएका छन्।

सोही बैठकको निर्णयअनुसार शुक्रबारदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ।

दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष काठमाडौंबाट दशैं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन्।

असोज २६, २०८० शुक्रबार २०:२४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।