पाकिस्तानविरुद्ध शुभमन गिल उपलब्ध हुने सम्भावना ९९ प्रतिशत : कप्तान रोहित

पाकिस्तानविरुद्ध शुभमन गिल उपलब्ध हुने सम्भावना ९९ प्रतिशत : कप्तान रोहित

काठमाडौं : भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानविरुद्धको खेलमा शुभमन गिलको उपस्थित हुने संकेत गरेका छन्।

पाकिस्तानसँगको खेलअघिको पत्रकार सम्मेलनमा उनले गिलको स्वास्थ्य अवस्था राम्रो रहेकाले खेल्ने सम्भावना रहेको बताएका हुन्।

‘उनी(गिल) उपलब्ध हुने सम्भावना ९९ प्रतिशत छ,’ उनले भने, ‘हामी यसको बारेमा भोलि नै हेर्नेछौँ।’

डेङ्गु संक्रमणका लागि अस्पताल भर्ना भएका गिल गत सोमबार डिस्चार्ज भएका थिए। डेङ्गुकै कारण उनले विश्वकपको सुरुवाती दुई खेल गुमाइसकेका छन्।

शुभमन गिल भारतीय टोलीका स्टार ब्याट्सम्यान हुन्। उनी पछिल्लो समय एकदमै राम्रो फर्ममा छन्। पाकिस्तानविरुद्धको खेलको दुई दिनअघि बुधबार नै उनी अहमदावाद पुगिसकेका छन्।

हालसम्म आईसीसी पुरुष विश्वकपमा भारतले अष्ट्रेलियासँग र अफगानिस्तानसँग एक-एक खेल खेलेको छ। दुवै खेल भारतले जित हात पारेको छ।

असोज २६, २०८० शुक्रबार १९:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।