कोशीको मुख्यमन्त्री नियुक्तिका लागि सांसदको सनाखत शनिबार बिहानदेखि
काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूलाई सनाखतका लागि बाेलाएको छ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीको लागि शुक्रबार साँझ पाँच बजेसम्म दाबी पेश गर्न समयसीमा दिइएको थियो।
जसमा माओवादी केन्द्रका सांसद् इन्द्र आङ्बो र एमाले सांसद् केदार कार्कीको पक्षमा ४७/४७ जनाको हस्ताक्षरसहित दाबी परेपछि सनाखतको लागि बाेलाउन शनिबार बोलाउन लागिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रदेश प्रमुखको कार्यालयले साँझ सूचना जारी गर्दै शनिबार बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको उल्लेख गरेको छ।
सम्बन्धित समाचार:-
असोज २६, २०८० शुक्रबार १८:५९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।