विश्वकप क्रिकेट : पहिलो बलमै आउट भएको बंगलादेशले न्यूजिल्याण्डलाई दियो २४६ रनको लक्ष्य

विश्वकप क्रिकेट : पहिलो बलमै आउट भएको बंगलादेशले न्यूजिल्याण्डलाई दियो २४६ रनको लक्ष्य

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डलाई २४६ रनको लक्ष्य दिएको छ।

चेन्नईको एमए चिदम्बरमा रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनायो।

उसका लागि मुस्ताफिजुर रहीमले सर्वाधिक ६६ रन बनाए।

त्यसबाहेक सकिब अल हसन ४०, म्हेदी हसन मिराज ३०, टक्सिन अहमद १७, तेन्जिद हसन १६, टौहिद हृदोय १३ रन बनाउँदा महमुदुल्लाहले अविजित रहँदै ४१ रन जोडे।

बंगलादेशका ओपनर लिट्टनकुमार दास खेलको पहिलो बलमै क्याचआउट भए। नजमुल होसेन सान्तो ७ र मुस्ताफिजुर रहमान ४ रनमा आउट भए। शोरिफूल इस्लामले पनि नटआउट रहँदै २ रन जोडे।

न्यूजिल्याण्डका लोकी फर्गुसनले तीन, ट्रेन बोल्ट र म्याट हेन्रीले समान दुई-दुई तथा मिचेल स्यान्टर र ग्लेन फिलिप्सले समान एक-एक विकेट हात पारे।

न्यूजिल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जारी विश्वकपका दुई खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्ड र नेदरल्याण्डलाई पराजित गर्दा बंगलादेशले एकमा जित र एकमा हार व्यहोरेको छ।

असोज २६, २०८० शुक्रबार १८:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।