कोशीमा नयाँ मुख्यमन्त्रीमा दावी गर्न दिइएको समय सकियो

विराटनगर : कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ।
खापुङले मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए।
हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका छन्।
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेसँगै कोशी प्रदेशमा राजनीतिक तरंग उत्पन्न भएको छ।
असोज २६, २०८० शुक्रबार १७:५३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।