विश्वकप क्रिकेट : स्मिथ र स्टोइनिसलाई आउट दिएपछि टिभी अम्पायर चर्चामा

विश्वकप क्रिकेट : स्मिथ र स्टोइनिसलाई आउट दिएपछि टिभी अम्पायर चर्चामा

काठमाडौं : दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेलमा मार्कस स्टोइनिसलाई आउट दिइएको विषयलाई लिएर निकै चर्चा चलेको छ।

कागिसो रबाडाको बललाई फाइन लेगतर्फ खेल्ने प्रयास गर्दा स्टोइनिसको ग्लोभ्समा लागेपछि बल पछाडि जाँदा विकेटकिपर क्विन्टन डी ककले उत्कृष्ट क्याच लिएका थिए।

मैदानमा रहेका अम्पायर जोएल विल्सनले यसलाई नटआउट घोषणा गरे। त्यसपछि दक्षिण अफ्रिकाले रिभ्यू लियो र तेस्रो अम्पायर रिचर्ड केटलब्रोले निर्णय परिवर्तन गरे।

केटलब्रोले निर्णय सुनाउँदै भने, ‘उनको दाहिने हात देब्रे हातसँग जोडिएको छ। त्यसकारण पनि यसलाई ब्याटसँग सम्पर्क भएको मानिनेछ र हामीले स्पष्ट स्पाइक देखिरहेका थियौँ।’

रिप्लेमा स्टोइनिसको दाहिने हात ब्याटको देब्रेपट्टी थियो र बल त्यही हातमा लागेको थियो। ब्याट्सम्यानले विश्वासै नलागेर केही समय मैदानमा रहेका अम्पायरहरूसँग पनि कुरा गरे। तर, उनी फर्किनैपर्यो।

त्यतिबेला स्टोइनिससँगै ब्याटिङ गरिरहेका मार्नस लाबुसचेन्जले पनि यो निर्णयमा विश्वास गरेनन्।

‘के भइरहेको छ भन्ने अम्पायरहरूलाई नै थाहै थिएन। हामीले जे देख्यौँ उनीहरूले पनि त्यहि देखे। यस्तो देखिन्छ कि उनको हात ब्याटबाट छुटिसकेको थियो र बल ग्लोभमा ठोकिएको थियो,’ खेलपछिको पत्रकार सम्मेलनमा लाबुसचेन्जले भने, ‘एम्पायरले साइड एङ्गलबाट हेरेकै थिएन र हामीले उसलाई यही सोधिरहेका थियौँ। दुवै पञ्जा र ब्याटको ह्यान्डलमा धेरै ग्याप देखिन्छ।’

स्मिथलाई आउट दिँदा पनि अस्ट्रेलिया असन्तुष्ट
स्टिभ स्मिथलाई पनि थर्ड अम्पायरले आउट घोषित गरे र अष्ट्रेलिया पनि यो निर्णयबाट असन्तुष्ट देखियो। रबाडाको पहिलो ओभरमा बल स्मिथको प्याडमा लागेपछि मैदानमा रहेका अम्पायरले उनलाई नटआउट घोषित गरे।

रिभ्यू गर्दा, बल ट्र्याकिङले बल लेग स्टम्पको माथिल्लो भागमा ठोकेको देखाएको थियो। यो निर्णयबाट स्मिथ निराश थिए र मैदानबाट बाहिर निस्कँदा ठूलो पर्दामा हेरिरहेका थिए।

यस निर्णयमा लाबुस्चेन्जले भने, ‘अगाडिबाट बल लेग स्टम्प बाहिर गएको जस्तो देखिन्थ्यो। स्मिथले मलाई के लाग्छ भनेर सोध्दा मैले अम्पायर्स कल पनि हुँदैन भनेको थिएँ। मैले फाइनल फुटेज हेरेको छैन, तर बल पिचमा हिट भएपछि सिधा भएजस्तो देखिन्थ्यो। जस्तो महसुस भयो, त्यस्तो भएन।’

अष्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले दुवै ब्याट्सम्यान यसरी आउट नभएको भए खेलको नतिजा फरक हुने विश्वास गरे।

असोज २६, २०८० शुक्रबार १५:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।