एनएमबि बैंकको पुतलीसडक शाखामा इ-पेमेन्ट हबको उद्घाटन,

एनएमबि बैंकको पुतलीसडक शाखामा इ-पेमेन्ट हबको उद्घाटन,

काठमाडौं : एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इ-पेमेन्ट हबको उद्घाटन गरिएकोे छ।

बैंकले एक विज्ञप्ती जारी गर्दै एनएमबि इ-पेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट बिनै भुक्तानी सेवा, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न सहयोग गर्ने जनाएको छ। 

उक्त हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइवइर, स्वीफ्ट, जीआरई, एसीसीए लगायतका अनलाइन भुक्तानी सेवा लिन सक्ने समेत बैंकले जनाएको छ। 

असोज २६, २०८० शुक्रबार १५:२२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।