सिंहदरबारमा प्रदर्शन गर्ने शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीसहित १६ जना पक्राउ

सिंहदरबारमा प्रदर्शन गर्ने शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीसहित १६ जना पक्राउ
फाईल फोटो

काठमाडौं : विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुनुपर्ने माग गर्दै सिंहदरबारमा प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रदर्शन गर्ने क्रममा प्रहरीको निषेधित घेरा नाघ्न खोजेपछि मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रदर्शनकारीले जनयुद्ध दिवसका नाममा राष्ट्रिय विदा दिने सरकारको निर्णय गलत भएको भन्दै नारा लगाइरहेका थिए। 

‘हत्या–हिंसा महिमामण्डन गर्न पाइदैन’, ‘पीडकलाई आममाफी दिने नियतले भइरहेको चलखेल बन्द गर,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका मानव अधिकारकर्मीहरु सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेका हुन्। 

असोज २६, २०८० शुक्रबार १५:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।