हजरायलको हवाई आक्रमणमा १३ बन्धक मारिएको हमासको दाबी

हजरायलको हवाई आक्रमणमा १३ बन्धक मारिएको हमासको दाबी

एजेन्सी : कट्टरवादी संगठन हमासको सशस्त्र शाखाले विगत २४ घण्टामा गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएको जनाएको छ।

इज्जेदिन अल-कासम ब्रिगेडले एक विज्ञप्तिमा इजरायली लडाकु विमानहरूले पाँचवटा स्थानलाई निशाना बनाएर विदेशीसहित १३ बन्दी मारिएको बताएको हो।

अक्टोबर ७ मा भएको आक्रमणमा हमासले १५० जनालाई कैद गरेको छ। इजरायलले सर्वसाधारणको घरमा निशाना बनाएमा बन्धकहरूलाई मार्ने चेतावनी हमासले दिएको छ।

गत शनिबार बिहान हमासले इजरायलमा आक्रमण गरेपछि प्रतिरक्षाकाे लागि भन्दै इजरायलले गाजामा सैन्य कारबाहीलाई तीव्रता दिएको छ।

असोज २६, २०८० शुक्रबार १४:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।