फरक क्षमता भएका व्यक्तिको अधिकार संरक्षणका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

फरक क्षमता भएका व्यक्तिको अधिकार संरक्षणका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड
फाईल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अपांगता वा फरक क्षमता भएका व्यक्तिहरूको अधिकारको रक्षा र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिघि सभा बैठकमा अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले फरक क्षमता भएका व्यक्तिको अधिकार संरक्षणका लागि सरकार लागिपरेको बताए। 

अधिकार प्राप्त प्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको उनको भनाई थियो। 

‘अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध छ। सर्वप्रथम, संकल्प प्रस्तवामा माननीय सदस्यहरूले राख्नु भएबमोजिम अधिकारसम्पन्न प्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको कुरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले अभिभावक वा संरक्षक नभएको वा भएर पनि संरक्षण गर्न नसक्ने व्यक्तिको संरक्षणको जिम्मा पनि सरकारले लिने व्यवस्था मिलाइने बताए।

असोज २६, २०८० शुक्रबार १४:३६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।