पाँच वर्षीया बालिका विद्यालयको कक्षाकोठामा बलात्कृत, एक जना पक्राउ

पाँच वर्षीया बालिका विद्यालयको कक्षाकोठामा बलात्कृत, एक जना पक्राउ

मुस्ताङ : पाँच वर्षीया बालिकालाई विद्यालयमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय जप्याङ गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

असोज २६, २०८० शुक्रबार १४:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।