हलमा लागे फिल्म ‘परदेशी २’, ‘कौशिद’र ‘बासेन्जी’
काठमाडौँ : शुक्रवार देशभरका हलमा एकैसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आएको छ। गायक प्रकाश सपूतको डेब्यु फिल्म ‘परदेशी २’ ऋचा शर्मा अभिनीत फिल्म ‘कौशिद’,र ‘बासेन्जी’ प्रदर्शनमा आएका हुन्।
सात वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल परदेशी-२ नारायण रायमाझीले निर्देशन गरेका हुन्। फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेस गरेको छ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपुतका साथै नीर शाह, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको छ।
ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’ विना प्रचार आजैबाट प्रदर्शनमा आएको छ। यस फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ
फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन् ।
अर्को फिल्म ‘बासेन्जी’ पनि शुक्रवारै रिलिज भएको छ। फिल्म इयन स्कट क्लेमेन्ट निर्देशन गरेका हुन्। ‘साइकोलोजिकल थ्रिलर’ विषयमा निर्माण भएको फिल्म भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण भएको यस फिल्ममा असीम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय रहेको छ।
असोज २६, २०८० शुक्रबार १४:२१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।